नवलपुरमा पाँच गिद्ध मृत फेला

हिमाल प्रेस ७ फागुन २०८० २१:१० | Monday, February 19, 2024
नवलपुरमा पाँच गिद्ध मृत फेला

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-११, लोकाहा खोला किनारमा आज (सोमबार) पाँच गिद्ध (जटायु) मृत फेला परेका छन्। चार डंगर प्रजाति र एउटा हिमाली प्रजातिको गिद्ध मृत फेला परेका हुन्।

जटायु रेस्टुरेन्टका अध्यक्ष डिबी चौधरीका अनुसार सोही स्थानमा एउटा सुन गिद्ध र ६ डंगर प्रजातिको गिद्ध बिरामी अवस्थामा फेला परेका छन्।

गिद्ध मरेको स्थानमा दुई स्याल पनि मृत फेला परेकाले त्यही सिनो खाएर गिद्ध मरेको आशंका गरिएको छ।

खोला किनारमा गिद्ध मृत देखेपछि स्थानीयले जटायु रेस्टुरेन्टमा खबर गरेका थिए। मरेका गिद्धको मंगलबार परीक्षण गरिने तथा बिरामी गिद्धको प्राथमिक उपचार गरिएको अध्यक्ष चौधरीले जानकारी दिए।

प्रकाशित: ७ फागुन २०८० २१:१० | Monday, February 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast