दुर्गा प्रसाईका एजेन्डामा राप्रपाको समर्थन

हिमाल प्रेस २९ माघ २०८० १०:१६ | Monday, February 12, 2024
दुर्गा प्रसाईका एजेन्डामा राप्रपाको समर्थन

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईले पछिल्लो समय उठाउँदै आएको एजेन्डामा राप्रपाले समर्थन गरेको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र व्यवसायी प्रसाईबीचको भेटमा प्रसाईका एजेन्डालाई समर्थन गर्दै अघि बढ्ने सहमति भएको हो।

पछिल्लो समय प्रसाईले बैंक ऋण मिनाहा गर्नुपर्ने र राजासहितको हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राख्दै आएका छन्।

लिङदेनले राप्रपासँग मिल्दोजुल्दो एजेन्डा  प्रसाईले उठाएको भन्दै खुसी व्यक्त गरेका छन्। ‘उहाँले सही एजेन्डा उठाउनुभएको छ।

यसमा हाम्रो पार्टीले समर्थन जनाएको छ।’ लिङ्देनले भने। यता प्रसाईले भोलि (मंगलबार) भृकुटीमण्डमा कार्यक्रम गर्दैछन्।

सोही कार्यक्रममा राप्रपाको पनि उपस्थिति रहने जनाइएको छ।

प्रकाशित: २९ माघ २०८० १०:१६ | Monday, February 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast