थली र कमलविनायकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा

हिमाल प्रेस १३ फागुन २०८० १३:५१ | Sunday, February 25, 2024
थली र कमलविनायकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा

काठमाडौँ-  नेपाल इन्भेस्टमेन्टमेगा बैंक लिमिटेडले थली र कमलविनायकमा शाखा विस्तार गरेको छ। बैंकले कागेश्वरी मनोहरा नगरपालिका–५ मा थली शाखा र भक्तपुर नगरपालिक–१० मा कमलविनायक शाखा सञ्चालनमा ल्याएको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नयाँ शाखाहृको उद्घाटन गरेका हुन्।

पाण्डेले नयाँ शाखाबाट ग्राहक महानुभावलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा दिने बताए। बैंकले हाल देशभरिमा २७० शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखारहित बैंकिङ र २६४ वटा एटीएममार्फत  सेवा प्रदान गरिरहेको छ।

प्रकाशित: १३ फागुन २०८० १३:५१ | Sunday, February 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast