काठमाडौँ- भ्यालेन्टाइन ‘डे’ अर्थात् प्रणय दिवसको अवसरमा ‘डिग्री माइलाः एम ए थर्ड क्लास’को पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मा रोमान्टिक अवतारमा देखिएका छन्।
रामबाबु गुरुङ निर्देशित फिल्म आगामी नयाँ वर्षमा प्रदर्शन हुनेछ। फिल्मको कथा शैक्षिक बेरोजगारीले युवापुस्तामा ल्याएको निराशापनमा आधारित छ।
दयाहाङ र आँचलसहित फिल्ममा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ।
बाँसुरी फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको फिल्मको ट्यागलाइन ‘किन चाउरियो मरिच, आफ्नै रागले’ राखिएको छ। फिल्म ‘डिग्री माइला’ नाटकमा आधारित छ। नाटकका लेखक सायद अशोक हुन्।
प्रकाशित: २ फागुन २०८० १४:५९ | Wednesday, February 14, 2024
प्रतिक्रिया





