चितवन बैंकर्स फुटसलको उपाधि कामना सेवा विकास बैंकलाई

हिमाल प्रेस १३ फागुन २०८० १३:३६ | Sunday, February 25, 2024
चितवन बैंकर्स फुटसलको उपाधि कामना सेवा विकास बैंकलाई

काठमाडौँ– दोस्रो चितवन बैंकर्स फुटसल प्रतियोगिता २०२४ को उपाधि कामना सेवा विकास बैंकले जितेको छ। ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ शुक्रबार चितवनमा आयोजित बैंकर्स फुटसल प्रतियोगितामा कामना सेवा विकास बैंक विजयी भएको हो।

प्रतियोगितामा २६ बैंक सहभागी थिए। फाइनलमा कामना सेवा विकास बैंकले ग्लोबल आइएमई बैंकलाई ६-२ ले हराउँदै उपाधी जितेको छ। विजेता टिमलाई ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रकाशित: १३ फागुन २०८० १३:३६ | Sunday, February 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast