खल्ती क्यूआरमा अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधा 

हिमाल प्रेस १७ फागुन २०८० १४:०३ | Thursday, February 29, 2024
खल्ती क्यूआरमा अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधा 
काठमाडौँ– नेपाल–भारत अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधा कार्यान्वयनमा आउने भएको छ। खल्तीले फोनपे सँगको सहकार्यमा भारतिय पर्यटकले आफ्नो डिजिटल वालेट प्रयोग गरी नेपाली बजारमा रहेका २० हजारभन्दा बढी खल्ती क्यूआरमा आबद्ध मर्चेन्टहरूलाई डिजिटल भुक्तानी गर्नसक्ने व्यवस्था मिलाइएको खल्तीले जनाएको हो।
खल्तीले नेपालको भुक्तानी नेटवर्क फोनपे पेमेन्ट सर्भिस लिमिटेड र भारतको नेसनल पेमेन्ट कर्पोरेसनसँगको सहकार्यमा दुई देशबीच मोबाइल वालेटको क्यूआरमार्फत भुक्तानी गर्न मिल्ने सुविधा उपलब्ध गराएको छ।
यस सुविधाअन्तर्गत भारतीय पर्यटकले अब फोनपे, बीएचआईएम यूपीआईजस्ता एनपीसीआईअन्तर्गत पर्ने वालेट प्रयोग गरी नेपाली बजारमा कुनै पनि फोनपेअन्तर्गत रहेको खल्ती क्यूआर स्क्यान गर्दै नेपाली बजारमा रहेका मर्चेन्ट व्यवसायीलाई डिजिटल भुक्तानी गर्नसक्नेछन्। भारतीय वालेटबाटै भुक्तानी हुने हुदाँ पर्यटकहरूले सटही र कार्डको झन्झटबाट मुक्त भई यो सुविधाको लाभ उठाउन सक्ने खल्तीले जनाएको छ।
प्रकाशित: १७ फागुन २०८० १४:०३ | Thursday, February 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast