क्यानडामा निर्यात प्रवर्द्धनको पहल गर्न राजदूत पौड्यालसँग आग्रह

हिमाल प्रेस १० फागुन २०८० २१:०० | Thursday, February 22, 2024
क्यानडामा निर्यात प्रवर्द्धनको पहल गर्न राजदूत पौड्यालसँग आग्रह

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सले क्यानडामा निर्यात प्रवद्र्धनका लागि पहल गर्न नवनियुक्त राजदूत भरतराज पौड्यालसँग आग्रह गरेको छ। क्यानडाका लागि नवनियुक्त राजदूत पौड्यललाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा बिहीबार बिदाइ भेट गर्दै अध्यक्ष मल्लले मुलुकको निर्यात प्रवद्र्धन हुने गरी सहजीकरण गर्न आग्रह गरेका हुन्।

‘नेपाली वस्तुहरूको निर्यातका लागि क्यानडा राम्रो बजार हुन सक्छ। खास गरी गरगहना, पस्मिना, कार्पेट, छुर्पी, घिऊ लगायतका बस्तुहरुको निर्यात सहजीकरण गर्न सकियो भने विद्यमान व्यापार घाटालाई केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ,’ अध्यक्ष मल्लले भने।

नेपालबाट निर्यात हुने वस्तुहरुको एकीकृत बिक्रीका लागि नेपाल हाउसको अवधारणामा जानुपर्ने उनले बताए। नेपाल र क्यानडाबीच सीधा व्यापारिक सम्बन्ध कायम हुने गरी व्यावसायिक वातावरण बनाउनुपर्नेमा अध्यक्ष मल्लले जो दिए। यसका लागि सरकारी तवरबाटै पहल हुनुपर्ने उनको भनाइ छ।

यस्तै क्यानडाका निजी क्षेत्रको लगानी भित्र्याउनका लागि समेत भूमिका निर्वाह गर्न अध्यक्ष मल्लले नवनियुक्त राजदूत पौड्याल समक्ष आग्रह गरे।

नवनियुक्त राजदूत पौड्यालले क्यानडामा आफ्नो मुख्य चासो व्यापार सहजीकरण र नेपालमा लगानी अभिवृद्धि नै भएको बताए। त्यसका लागि नेपाल र क्यानडाको निजी क्षेत्रबीच बी टु बी भेटवार्ताका लागि आफूले पहल गर्ने उनले बताए।

प्रकाशित: १० फागुन २०८० २१:०० | Thursday, February 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast