कृषि विकास बैंकद्वारा ४६ लेखापालसहित ११२ जना कर्मचारी माग

हिमाल प्रेस ११ फागुन २०८० ७:५४ | Friday, February 23, 2024
कृषि विकास बैंकद्वारा ४६ लेखापालसहित ११२ जना कर्मचारी माग

काठमाडाैँ-  कृषि विकास बैंकले विभिन्न पदमा ११२ जना कर्मचारी माग गरेको छ। शुक्रबार एक सार्वजनिक सूचना प्रकाशन गर्दै बैंकले शाखा अधिकृतदेखि लेखापालसम्म ११३ जना कर्मचारी माग गरेकाे हाे।

बैंकले  दुईजना शाखा प्रमुख, दुईजना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, दुईजना कम्प्युटर अधिकृत, एकजना आइटी इन्जिनियर, छजना कर्जा अधिकृतका लागि आवेदन खुलाएको हो।

त्यस्तै १६ जना व्यवसाय सहायक, एकजना कानुन सहायक, तीनजना कर्जा सहायक, एकजना ओभरसियर र ४६ जना लेखापाल मागेको छ। उक्त पदका लागि योग्यता पुगेका नेपालीले चैत १ गतेसम्म आवेदन फाराम भर्न सक्नेछन्।

नागरिक उड्डयनले माग्यो कर्मचारी [सूची]

प्रकाशित: ११ फागुन २०८० ७:५४ | Friday, February 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast