काठमाडौँ- कामना सेवा विकास बैंक र द एसआर होटेल एण्ड इभेन्ट्स प्रालिबीच सेवा शुल्क छुटसम्बन्धी सम्झौता भएको छ। कामना सेवा विकास बैंकले तिलोत्तमा रुपन्देहीले द एसआरसँग सम्झौता गरेको हो।
यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको लजिङ र बिलमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
                            प्रकाशित: १४ फागुन  २०८० २०:३६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

