काठमाडौँ- नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले धर्म निरपेक्ष देश हुन नसक्ने बताएका छन्। ललितपुरको गोदावरीमा जारी महासमिति बैठकको समापनमा बोल्दै उनले सो कुरा बताएका हुन्।
डा.कोइरालाले धर्म स्वतन्त्र हुने भन्दै निरपेक्ष बनाउनु दुःखद् भएको बताए। ‘धर्म न सापेक्ष हुन्छ न त निरपेक्ष हुन्छ। यो स्वतन्त्र हुन्छ तर हामीले धर्म निरपेक्ष बनायौं यो दुर्भाग्य हो,’उनले भने।
डा.कोइरालाले कांग्रेसको चार तारामध्ये एक तारा त्यही धर्म भएको बताए। उनले चुनावअगाडि गठबन्धन कुनै पनि हालतमा उपयुक्त नहुने बताए। चुनावपछि सरकार बनाउँदा गठबन्धन गर्न सकिने उनकाे तर्क छ।
डा.कोइरालाले ३६४ दिन कांग्रेस बनेर हिँड्ने र चुनावकाे दिन मत अर्को चिह्नमा खसाल्ने कांग्रेस नचाहिने बताए।
प्रकाशित: १० फागुन २०८० १७:५४ | Thursday, February 22, 2024
प्रतिक्रिया



