एसबीआई बैंकलाई भारतमा २ करोड जरिवाना

हिमाल प्रेस १६ फागुन २०८० १०:५७ | Wednesday, February 28, 2024
एसबीआई बैंकलाई भारतमा २ करोड जरिवाना State Bank of India

काठमाडौंँ- स्टेट बैंक अफ इन्डिया (एसबीआई)लाई भारतमा नियामक निकायले करोडौं जरिवाना तिराएको छ। नेपालको एक प्रमुख बाणिज्य ‘बैंक नेपाल एसबीआई’को माउ कम्पनी पनि यही हो।

गत साल केही कम्पनीहरुको सेयर धितो राख्ने क्रममा कुल चुक्ता पूँजीको ३० प्रतिशतभन्दा बढी सेयर धितो राखेको नियामक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले जनाएको छ।

बैंकले नियामकीय व्यवस्थाको परिपालना नगरेको भनेर (एसबीआई)लाई जरिवाना तिराएको (आरबीआर्ई)ले जनाएको छ।

एसबीआईले निक्षेपकर्ता शिक्षा तथा सचेतना कोषमा पनि पर्याप्त पैसा नछुट्याएको पाइएको आरबीआईले आरोपमा कारवाही गरेको हो।

यी दुवै गल्तीहरू भारतको बैंकिङ नियमन ऐन १९४९ बमोजिम दण्डनीय भएको पनि आरबीआईका एक विज्ञप्तीमा भनिएको छ।

साथै आरबीआईले कोभिड १९ सँग सम्बन्धित कतिपय आफ्ना निर्देशनहरुको पालना नगरेको भन्दै जरिवाना तिराएको छ।

तीन आरोपहरुमा केन्द्रीय बैंकले एसबीआईलाई भारु २ करोड जरिवाना लगाएको हो। एसबीआई भारतको सबैभन्दा ठूलो बैंक हो, यो सरकारी स्वामित्वमा छ।

प्रकाशित: १६ फागुन २०८० १०:५७ | Wednesday, February 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast