फाइल तस्बिर।
काठमाडौँ- नेकपा एमालेको ६ जिल्लाको अधिवेशन सकेको छ। हालसम्म ६ जिल्लाको अधिवेशन भएको हो।
एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव डा भीष्मराज अधिकारीका अनुसार हालसम्म मुगु, दार्चुला, म्याग्दी, दोलखा, महोत्तरी र रौतहटको अधिवेशन भएको छ। यसमध्ये रौतहटको अधिवेशन भने आज सकिन लागेको छ।
यस्तै धादिङको अधिवेशन भने विवादका कारण स्थगित भएको छ । आन्तरिक लफडाले स्थगित भएको एमाले धादिङको नवौँ जिल्ला अधिवेशनको बन्दसत्र फागुन १ गतेदेखि सुरु हुने भएको हो।
एमालेले २०८१ जेठ मसान्तभित्र सबै जिल्ला अधिवेशन सक्न निर्देशन दिएको छ। जसका लागि एमाले केन्द्रले सबै जिल्लामा परिपत्र समेत पठाएको छ।
एमाले महासचिव शंकर पोखरेलले जिल्ला अधिवेशन विधान बमोजिम गर्नका लागि प्रदेश र जिल्ला कमिटीलाई परिपत्र गरेका हुन्।
प्रकाशित: २७ माघ २०८० ८:३२ | Saturday, February 10, 2024
प्रतिक्रिया




