इराकविरुद्धकाे खेलमा सावित्राको ५ गोल

हिमाल प्रेस ११ फागुन २०८० ६:४३ | Friday, February 23, 2024
इराकविरुद्धकाे खेलमा सावित्राको ५ गोल

काठमाडौँ- पश्चिम एशिया फुटबल एशाेसिएशन (वाफ) च्याम्पियनसिपमा इराकविरुद्धकाे खेलमा नेपालले सानदार जित निकालेको छ। बिहीबार साँझ भएको खेलमा नेपालले इराकलाई ५–० गोलले पराजित गरेको हो। नेपालका लागि ५ गोल नै सावित्रा भण्डारी ‘साम्बा’ ले गरिन्।

सावित्राले खेलको १४औँ मिनेटमा गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन्। दुई मिनेट नबित्दै भण्डारीले अर्को गोल गरिन्। खेलको ३७औँ मिनेटमा सावित्राले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन्।

खेलको ४४औँ  मिनेटमा उनले व्यक्तिगत चौथो गोल गर्दै नेपाललाई ४-० को अवस्थामा पुर्‍याइन्। उनले खेलको ८०औँ मिनेनमा व्यक्तिगत पाँचौं गोल गरेकी थिइन्।

नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४–१ गोल अन्तरले हराएको थियो। इराक भने पहिलो खेलमा प्यालेस्टाइनसँग ३–० गोल अन्तरले पराजित भएको थियो।

यस प्रतियोगितामा नेपाल र गुआम आमन्त्रित टिमको सहभागिता जनाइ रहेका छन्। नेपाल रहेको समूह ‘बी’ मा प्यालेस्टाइन, सिरिया र इराक रहेका छन् भने समूह ‘ए’ मा आयोजक साउदी अरेबियासहित, गुआम, लेबनान र जोर्डन छन्।

प्रकाशित: ११ फागुन २०८० ६:४३ | Friday, February 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast