आइएमई पेको ‘स्मार्ट हेल्थ–सुरक्षित भव’

हिमाल प्रेस ११ फागुन २०८० १५:१८ | Friday, February 23, 2024
आइएमई पेको ‘स्मार्ट हेल्थ–सुरक्षित भव’

काठमाडौँ– आइएमई पेले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा ‘स्मार्ट हेल्थ-सुरक्षित भव’ नामक नयाँ बिमा सुविधा सार्वजनिक गरेको छ। आइएमई पेमार्फत प्राप्त गर्न सकिने यो सेवाबाट ग्राहकले व्यक्तिगत दुर्घटना बिमाअन्तर्गत बिमित व्यक्ति र तिनका परिवारलाई आकस्मिक चोटपटक वा मृत्युसम्मको अवस्थामा उच्चतम आर्थिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ।

तीन सय ६५ रुपैयाँमा प्राप्त गर्न सकिने यो सेवामार्फत उपचारका क्रममा लाग्ने दुई लाख ३० हजार रुपैयाँ सम्मको बिमा दाबी प्राप्त गर्न सक्नुका साथै बिमित व्यक्तिले आइएमई पे एपमा उपलब्ध अन्य स्वास्थ्य सेवामा पनि छुटहरू प्राप्त गर्न सक्नेछन्।

यस व्यक्तिगत दुर्घटना बिमाले दुर्घटनाबाट हुने आकस्मिक मृत्यु, स्थायी असक्षमता, कुल आंशिक असक्षमता, नियमित आम्दानीमा हुने हानि, आकस्मिक चिकित्सा खर्च, शोक व्यय तथा अन्त्येष्टि खर्चहरूसमेत समेटेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ११ फागुन २०८० १५:१८ | Friday, February 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast