अब अघिल्ला फोन मोडलहरूमा ग्यालेक्सी एआईको अनुभव

हिमाल प्रेस १३ फागुन २०८० १३:५१ | Sunday, February 25, 2024
अब अघिल्ला फोन मोडलहरूमा ग्यालेक्सी एआईको अनुभव

काठमाडौँ– मोबाइल एआईको विश्वव्यापी विस्ता लाई गति दिन सामसङले आफ्ना अघिल्लो फोन मोडलहरूमा ग्यालेक्सी एआईको अनुभव उपलब्ध गराउने भएको छ।

सामसङ नेपालले मोबाइल एआईको थप विस्तारका लागि निर्माण गरिएको नयाँ वान यूआई ६.१ को माध्यमबाट अब ग्यालेक्सी एस २३ सिरिज, एस२३ एफई, जेड फोल्ड५ र जेड फ्लिप ५ सिरिजहरुमा पनि मार्च अन्त्यदेखि ग्यालेक्सी एआई उपलब्ध हुने जनाइएको छ।

ग्यालेक्सी एस२४ सिरिजसँग आबद्ध यो अद्यावधिकले अनडिभाइस र क्लाउडमा आधारित एआईलाई संयोजन गर्दै हाइब्रिड विधिमार्फत प्रयोगकर्ताहरुको मोबाइल एआई अनुभवको स्तरलाई उकास्ने विश्वास कम्पनीको छ।

‘ग्यालेक्सी एआइसंग हाम्रो लक्ष्य मोबाइल एआइको नयाँ युगको जननी बन्ने मात्र नभई मोबाइल एआई अझ बढी पहुँच योग्य बनाएर प्रयोगकर्तालाई सशक्त बनाउनु पनि हो’, सामसङ इलेक्ट्रोनिक्स, मोबाइल एक्स्पे्रियन्स बिजनेस प्रमुख तथा अध्यक्ष टीएम र्‍होले भनेका छन्।

प्रकाशित: १३ फागुन २०८० १३:५१ | Sunday, February 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast