अनरको नयाँ स्मार्टफोन आउँदै, सुरु भयो प्री-बुकिङ

हिमाल प्रेस १४ फागुन २०८० २०:१९ | Monday, February 26, 2024
अनरको नयाँ स्मार्टफोन आउँदै, सुरु भयो प्री-बुकिङ

काठमाडौँ- अनरको नयाँ स्मार्टफोन अनर एक्स एट बी आउने भएको छ। अनरले यसको मूल्य पनि सार्वजनिक गरेको छ।

५१२ जीबी स्टोरेज रहेको यो मोबाइलको नेपाली बजारमा २९ हजार ९९९ रुपैयाँ तोकिएको छ। यसको प्री-बुकिङ पनि सुरु भइरहेको छ। सोमबारबाट सुरु भएको प्री-बुकिङ बुधबारसम्म रहनेछ, जसमा प्री-बुकिङ गर्ने ग्राहकले ५ हजार ४९० रुपैयाँ पर्ने अनर च्वाइस एयरबड एक्स ५ ई दुई हजार रुपैयाँमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

प्री-बुकिङका लागि अधिकृत रिटेल स्टोरहरु र अनलाइनमा दराज र हुकुटबाट बुक गर्न सकिनेछ।

प्रकाशित: १४ फागुन २०८० २०:१९ | Monday, February 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast