काठमाडौँमा तापक्रम २ डिग्री, वर्षकै चिसो दिन

हिमाल प्रेस १३ माघ २०८० ७:२०
38
SHARES
काठमाडौँमा तापक्रम २ डिग्री, वर्षकै चिसो दिन

काठमाडौँ- काठमाडौँको तापक्रम आज यो वर्षकै न्यून मापन गरिएको छ । आज बिहान साढे ६ बजे काठमाडौँको तापक्रम २ डिग्री मापन गरिएको छ । जुन यो वर्षकै सबैभन्दा धेरै चिसो हो।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै चिसो जिरीमा बढेको छ । त्यहाँको अधिकतम तापक्रम १२.८ डिग्री पुग्दा मिनिमम तापक्रम माइनस १.६ डिग्री सेल्सियसमा झरेको छ ।

जोमसोमको न्यूनतम तापक्रम पनि माइनस ५.५ डिग्री रहेको छ। डडेलधुराको तापक्रम पनि २.१ डिग्रीमा झरेको छ। शुक्रबार काठमाडौँको अधिकतम तापक्रम १७.५ डिग्री पुग्दा न्यूनतम तापक्रम भने ३ डिग्रीमा झरेको थियो ।

प्रकाशित: १३ माघ २०८० ७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =