राष्ट्रियसभा निर्वाचनको मौन अवधि जारी

हिमाल प्रेस ९ माघ २०८० ६:४८
2
SHARE
राष्ट्रियसभा निर्वाचनको मौन अवधि जारी राष्ट्रियसभा बैठक

काठमाडौँ- राष्ट्रियसभा सदस्य निर्वाचनको स्थिर समय (मौन अवधि) लागू भएको भएको छ। सोमबार राति १२ बजेदेखि आसन्न निर्वाचनको प्रचारप्रसार गर्न पाइने छैन।

यो अवधिमा उम्मेदवारका पक्ष-विपक्षमा प्रचार गर्न पाइँदैन। कुनै पनि माध्यमबाट मत माग्न, निर्वाचनसम्बन्धी भेला–गोष्ठीलगायत कार्य गर्न नपाइने निर्वाचन आयोगले आयोगले जनाएको छ।

राष्ट्रियसभाको रिक्त १९ पदका लागि यही माघ ११ गते निर्वाचन हुँदैछ। निर्वाचनको समय बिहान ९ देखि दिउँसो ३ बजेसम्म तोकिएको छ।

प्रकाशित: ९ माघ २०८० ६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =