आइतबार पनि घट्यो सेयर बजार

हिमाल प्रेस ७ माघ २०८० १७:०७
10
SHARES
आइतबार पनि घट्यो सेयर बजार

काठमाडौँ- आज आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अंक २५ दशमलव ६३ अंकले घटेर २ हजार १३० दशमलव १८ अंकमा बन्दमा पुगेको छ।

आइतबारको बजारमा पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भयो। गत बिहीबार पनि सर्वाधिक कारोबार भएको यस कम्पनीको आइतबार पनि सर्वाधिक अर्थात ५६ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।

दिनभरमा कम्पनीको ८ लाख २७ हजार ७३८ कित्ता सेयर किनबेच भएको छ। कारोबारसँगै कम्पनीको सेयर मुल्य पनि बढेको छ। कम्पनीको सेयर मुल्य प्रतिकित्ता २९ रुपैयाँले बढेर प्रतिकित्ता ६८२ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

आइतबार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। आज ७ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको छ। घटेको बजारमा पनि चार कम्पनीले सर्किट लगाए। आँखुखोला जलविद्युत कम्पनीको ९.९७ प्रतिशत, समाज लघुवित्त वित्तीय संस्थाको ९.९७ प्रतिशत, हिमालयन जलविद्युत कम्पनीको ९.९४ प्रतिशत र मिडसोलु हाइड्रोपावरको सेयर मुल्य ९.७८ प्रतिशतले बढेको छ।

टप लुजरको शीर्ष स्थानमा भने सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेको छ। जसको सेयर मुल्य ८.२७ प्रतिशतले घटेर प्रतिकित्ता १०६० रुपैयाँमा झरेको छ। बजारमा हाइड्रोपावर र अन्य समूह बाहेक बाँकी समूह राताम्मे देखिएका छन्।

प्रकाशित: ७ माघ २०८० १७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + nineteen =