सहरमा आज

‘पगला घोडा’ को अन्तिम मञ्चन, हलमा विदेशी फिल्मको वर्चस्व

सुस्मिता बजगाईं ६ माघ २०८० ७:२१
116
SHARES
‘पगला घोडा’ को अन्तिम मञ्चन, हलमा विदेशी फिल्मको वर्चस्व

काठमाडौँ- माघ महिनाको पहिलो शनिबार। हरेक साताजस्तै आज पनि हामीले उपत्यकामा मञ्चन भइरहेका नाटक, प्रदर्शनरत नेपाली तथा विदेशी फिल्म, जारी चित्रकला प्रदर्शनीलगायत विभिन्न मनोरञ्जनात्मक गतिविधि संकलन गरेका छौँ।

थिएटरमा ‘पगला घोडा’ को अन्तिम मञ्चन

थापागाउँस्थित मण्डला नाटकघरमा पुस १२ गतेदेखि नाटक ‘पगला घोडा’ मञ्चन भइरहेको छ। नाटक मञ्चनको शनिबार अन्तिम दिन हो। दिउँसो १ बजे र बेलुका ५ बजेको दुई सो मञ्चन हुँदैछ।

नाटकमा पछिल्लो समय बढ्दो आत्महत्याको विषय र महिलामाथि हुने अन्याय र अत्याचारबारे सचेतना गराउने प्रयास गरिएको छ। भारतीय चर्चित नाटककार बादल सरकारको कथा रहेको नाटकको नेपाली अनुवाद शिव खांड ठकुरीले गरेका हुन्। आलेख सुपरीवेक्षकको रूपमा कलाकार आशान्त शर्मा छन्। नाटकको परिकल्पना र निर्देशन घनश्याम श्रेष्ठले गरेका छन्।

नाटकमा कलाकार मलिका महत, प्रमोद अग्रहरि, आशान्त शर्मा, विजय ताम्राकार र बिम्ब अधिकारीले अभिनय गरेका छन्।

रवि मिश्रको एकल चित्रकला प्रदर्शनी

माघ ४ गतेदेखि नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा क्याफेमा ‘डिपिक्सन’ नामक कार्टुनचित्र प्रदर्शन भइरहेको छ। कार्टुनिस्ट रवि मिश्रले एकल कार्टुन प्रदर्शन गरेका हुन्।

मिश्रको यो पहिलो एकल प्रदर्शनी हो। उनले १७ वर्षदेखि विभिन्न पत्रपत्रिका तथा म्यागेजिनमा करिब तीन हजार कार्टुन प्रकाशित गरिसकेका छन्। प्रदर्शनीमा मिश्रले पछिल्लो पाँच वर्षमा पत्रपत्रिकामा प्रकाशित भएका र नभएका गरी ३५ कार्टुन राखेका छन्। प्रदर्शनी १४ गतेसम्म चल्नेछ।

आफूले देखेको नेपाली समाजको चित्रलाई पत्रिकाको माध्यमबाट एकोहोरो संवाद गरिरहेका मिश्रले प्रदर्शनीमार्फत दोहोरो संवाद गर्न खोजेका छन्। मिश्र कार्टुनिष्ट क्लब अफ नेपालका महासचिवसमेत हुन्।

कला परिषद्‌मा ‘सार्वभौम वन’

बबरमहलस्थित नेपाल कला परिषद्‌मा मंसिर २३ देखि ‘सार्वभौम वन’ नामक चित्रकला प्रदर्शनी भइरहेको छ। प्रदर्शनी भारतीय फिल्मकर्मी एवं अभियन्ता अमर कन्वरको मल्टिमिडिया प्रस्तुति हो।

कन्वरले संकलन गरेका सन् १९९० देखि भारतको उडिसा राज्य र रैथाने जनजातिबीच भएको द्वन्द्वको मल्टिमिडिया दस्तावेजलाई प्रदर्शनीमा राखिएको छ। प्रदर्शनीमा फोटो, डकुमेन्ट्री, लिखित दस्ताबेज, विभिन्न प्रजातिका रैथाने बीउबिजन, चित्रलगायतका विभिन्न दस्ताबेजहरू छन्।

प्रदर्शनी चैत १८ सम्म चल्ने प्रदर्शनी बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म खुला रहनेछ। प्रदर्शनीमा प्रवेश निःशुल्क छ।

हलमा नेपाली र बलिउड फिल्म

चित्रा

पुस २७ गतेदेखि हलमा फिल्म ‘चित्रा’ प्रदर्शन भइरहेको छ। घनश्याम लामिछाने निर्देशित फिल्ममा पारिवारिक कथाका आधारित छ। उपत्यकाका वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र विश्वज्योति सिनेप्लेक्समा फिल्म ‘चित्रा’को सो छ।

फिल्ममा डेब्यू अभिनेता सन्तोष अधिकारी मुख्य भूमिकामा छन्। साथै फिल्ममा कलाकार प्रमोद अग्रहरि, अर्पण थापा, मेनुका प्रदान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकालको अभिनय छ।

पर्खी बसेँ तिमीलाई

पुस २७ देखि नै अर्को फिल्म ‘पर्खी बसेँ तिमीलाई’ प्रदर्शन भइरहेको छ। फिल्मको मुख्य भूमिकामा कलाकार किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकी छन्। दीपक श्रेष्ठको निर्देशनमा बनेको फिल्ममा रंगकर्मी श्रेष्ठले डेब्यु गरेका छन्।

फिल्ममा अन्य कलाकार शिव श्रेष्ठ, विल्सन विक्रम राई, अनिशा रसाइली, सुनिता श्रेष्ठलगायतको अभिनय छ। फिल्म परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको संयुक्त लेखनमा बनेको छ।

उपत्यकाका वान सिनेमाजअन्तर्गत आइप्लेक्स मलमा फिल्मको एक सो छ।

ढोरपाटन

वृत्तचित्र फिल्म ‘ढोरपाटन’ पुस २७ देखि फिल्म उपत्यकाको सीडीसी सिनेमाजमा सोलो प्रदर्शन भइरहेको छ। शनिबार साढे २ बजे र बेलुका ५ बजेको दुई सो छ। फिल्म जलवायु परिवर्तन र बुढेसकालमा महिलाको एक्लोपनको विषयमा आधारित छ।

युरोप र एसियाको फिल्म फेस्टिभलमा ‘नो विन्टर होलिडेज’ को नामले चिनिएको फिल्म राजन कठेत र सुनिर पाण्डे संयुक्त निर्देशनमा बनेको छ। राजन कठेत नै फिल्मका निर्माता हुन्।

फिल्मले पहिलो अल्टरनेटिभ फिल्म अवार्डमा ‘नेटिभा’ श्रेणीमा पुरस्कृत भएको थियो। नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा यसले सर्वोत्कृष्ट वृत्तचित्रको पुरस्कार जितिसकेको छ।

दिमाग खराब

कात्तिक २४ देखि फिल्म ‘दिमाग खराब’ प्रदर्शनरत छ। जनता र शक्तिको कथामा बनेको फिल्मका निर्देशक निश्चल बस्नेत हुन्। उपत्यकामा रञ्जना सिनेप्लेक्समा फिल्म सोलो प्रदर्शन भइरहेको छ।

फिल्ममा कलाकार खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, रमा थपलिया, दयाहाङ राई, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, नवीन खड्कालगायतको अभिनय छ।

विदेशी फिल्म

हनुमान

दक्षिण भारतीय फिल्म ‘हनुमान’ माघ ५ गतेदेखि नेपालमा प्रदर्शन भइरहेको छ। प्रशान्त वर्मा निर्देशित फिल्म पौराणिक कथामा आधारित छ। फिल्ममा तेजा सज्जा, अमृता अय्यर, विनय राय, वर लक्ष्मी, सरथ कुमार र राज दीपक शेट्टीको अभिनय छ।

शनिबार उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत लबिम मल, छाया सेन्टर, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर, सिभिल मलमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, सीके सिनेमाज, बिग सिनेमाज, एफक्यूब सिनेमाज, सीडीसी सिनेमाज, कीर्तिपुर सिनेप्लेक्समा दक्षिण भारतीय फिल्म ‘हनुमान’ चलिरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, बीएसआर मुभिज, क्यूज सिनेमाज, सिटीम्याक्स सिनेमा, अष्टनारायण पिक्चर्स, विश्वज्योति सिनेप्लेक्स दक्षिण भारतीय फिल्म ‘हनुमान’ चलिरहेको अन्य हल हुन्।

द बिकिपर

माघ ५ गतेदेखि हलिउड फिल्म ‘द बिकिपर’ नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन र थ्रिलर जनरामा बनेको फिल्मका निर्देशक डेभिड ऐर हुन्। फिल्ममा ज्यासन स्टाथम,एमी रेभर– ल्याम्पम्यान, जोस हचरसन र बबी नादेरीलगायतको अभिनय छ। शनिबार उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल, दरबार सिनेम्याक्स र छाया सेन्टरमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, एफक्यूब सिनेमाज, सीके सिनेमाज, बिग सिनेमाज, क्यूज सिनेमाजमा हलिउड फिल्म ‘द बिकिपर’ चलिरहेको छ।

क्याप्टेन मिलर

दक्षिण भारतीय फिल्म ‘क्याप्टेन मिलर’ पनि पुस २७ देखि प्रदर्शन भइरहेको छ। फिल्ममा बलिउड अभिनेता धनुषको मुख्य भूमिकामा छन्।

फिल्म बेलायती साम्राज्यविरुद्ध संघर्षको कथामा आधारित छ। अरुण माथेश्वरनद्वारा निर्देशित फिल्ममा धनुषका अलवा प्रियंका मोहन, शिवराज कुमार, निवेदिता सतीश, विनायकन, सन्दीप किशनलगायत कलाकारको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाजअन्तर्गत भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल, दरबार सिनेम्याक्स र छाया सेन्टरमा फिल्मको सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग सिनेमाज, सीके सिनेमाज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्समा दक्षिण भारतीय फिल्म ‘क्याप्टेन मिलर’ चलिरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, सीडीसी सिनेमाज, क्यूज सिनेमाज, विश्वज्योति सिनेप्लेक्स दक्षिण भारतीय फिल्म ‘क्याप्टेन मिलर’ चलिरहेको अन्य हल हुन्।

मेरी क्रिसमस

अर्को बलिउड फिल्म ‘मेरी क्रिसमस’ पनि पुस २७ देखि नै नेपाली हलमा प्रदर्शनरत छ। ड्रामा र थ्रिलर जनरामा बनेको फिल्ममा निर्देशक श्रीराम राघवन हुन्। फिल्ममा कलाकार विजय सेतुपति, कट्रिना कैफ,राधिका आप्टेलगायत कलाकारले अभिनय गरेका छन्।

उपत्यकामा क्यूएफएक्स सिनेमाजअन्तर्गत भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल, दरबार सिनेम्याक्स र छाया सेन्टरमा फिल्मको सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग सिनेमाज, एफक्यूब सिनेमाज, क्यूज सिनेमाज, विश्वज्योति सिनेप्लेक्समा बलिउड फिल्म ‘मेरी क्रिसमस’ चलिरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, सीके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स बलिउड फिल्म ‘मेरी क्रिसमस’ चलिरहेको अन्य हल हुन्।

सलार

पुस ५ गतेदेखि नेपाली हलमा बलिउड फिल्म ‘सलारः पार्ट वान सिजफायर’ प्रदर्शनरत छ। फिल्ममा प्रभास, सुकुमारन, श्रुति हासन, मधु गुरुस्वामीलगायतको अभिनय छ। निर्देशक प्रशान्त नीलले निर्देशन गरेको फिल्ममा विजय किरणगादुरको लगानी छ।

शनिबार उपत्यकामा क्यूएफएक्स सिनेमाजअन्तर्गत भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल र छाया सेन्टरमा फिल्मको सो छ। एफक्यूब सिनेमाज, बलिउड फिल्म ‘सलारः पार्ट वान सिजफायर’ चलिरहेको छ। सीके सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, बीएसआर मुभिजमा बलिउड फिल्म ‘सलारः पार्ट वान सिजफायर’ चलिरहेको अन्य हल हुन्।

डंकी

पुस ५ देखि बलिउड फिल्म ‘डंकी’ नेपालमा प्रर्दशन भइरहेको छ। राजकुमार हिरानी निर्देशित फिल्ममा शाहरुख खान, तापसी पन्नु, विक्की कौशल, बोमन इरानीलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकामा क्यूएफएक्स सिनेमाजअन्तर्गत भाटभटेनी भक्तपुर, सिभिल मल, दरबार सिनेम्याक्स, लबिम मल र छाया सेन्टरमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, रञ्जना सिनेप्लेक्स, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, सीके सिनेमाज, बिग मुभिज, बीएसआर मुभिज, एफक्यूब सिनेमाज, सीडीसी सिनेमाजमा बलिउड फिल्म ‘डंकी’ चलिरहेको छ।

अक्वाम्यान एन्ड द लस्ट किङ्डम

पुस ४ गतेदेखि नेपालमा हलिउड फिल्म ‘अक्वाम्यान एन्ड द लस्ट किङ्डम’ प्रदर्शन भइरहेको छ। फिल्म एक्सन र एडभेन्चर जनरामा बनेको छ। जेम्स वानले निर्देशन गरेको फिल्ममा कलाकार जेसन मोमोआ, याह्या अब्दुल–मतीन, एक्बर हर्डलगायत कलाकारको अभिनय छ। शनिबार उपत्यकामा क्यूएफएक्स सिनेमाजअन्तर्गत लबिम मलमा फिल्मको एक सो छ।

प्रकाशित: ६ माघ २०८० ७:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − three =