साताको अन्तिम दिन घट्यो नेप्से, कारोबार भने आठ अर्ब बढी

हिमाल प्रेस ४ माघ २०८० १५:५५
14
SHARES
साताको अन्तिम दिन घट्यो नेप्से, कारोबार भने आठ अर्ब बढी

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको अन्तिम दिनको कारोबार ७ दशमलव २४ अंकले घटेर २ हजार १५५ दशमलव ८२ अंकमा बन्द भएको छ।

आज १३३ कम्पनीको सेयर मूल्य घटेको छ भने ११२ वटा बढेको छ। दुई वटा कम्पनी भने स्थिर रहे। पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतको सकारात्मक सर्किटमा पुगेको छ। हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आज सबैभन्दा बढी रु १ अर्ब ८८ करोडको सेयर कारोबार भएको छ।

कारोबारी समूहमध्ये तीन समूहको उपसूचक बढेको छ भने अन्य समूहको परिसूचक नकरात्मक देखियो। सबैभन्दा बढी घाटा होटल तथा पर्यटन उप-सूचकाङ्कमा १.४२ प्रतिशतले घटेको छ भने अन्य उप-सूचकाङ्कमा सबैभन्दा बढी १.३ प्रतिशतले वृद्धि भएको छ। बजारमा आज आठ अर्ब १७ करोड बराबरको कारोबार भएको छ।

प्रकाशित: ४ माघ २०८० १५:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 16 =