मनीषा जिसीलाई ओलीको बधाई

हिमाल प्रेस ४ माघ २०८० १२:०४
62
SHARES
मनीषा जिसीलाई ओलीको बधाई मनीषा जिसी

काठमाडौँ- एकै पटक लोकसेवाका ५ परीक्षा उत्तीर्ण गरेकी गुल्मीकी मनीषा जिसी (विष्णु घर्ती)लाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन्।

ओलीले सामाजिक सन्जाल फेसबुकमार्फत जिसीलाई बधाई दिएका हुन्।

‘गुल्मीकी मनीषा जिसीले लोकसेवा आयोगले लिएको विभिन्न पदको परीक्षामा एकै वर्षमा ५ वटा पदमा नाम निकाल्न सफल भएको समाचार आज अनलाइनहरुमा पढें। यो सुखद् खबर हो।’

ओलीले भनेका छन्, ‘मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने सकारात्मक सन्देश यसले दिएको छ । मनीषा नानीलाई बधाई, अब काममा पनि त्यस्तै सफलता प्राप्त होओस्, शुभकामना।’

मनीषाले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन्। उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गरेका गरेकी हुन्।

प्रकाशित: ४ माघ २०८० १२:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + eight =