यी प्रदेशको निमावि विज्ञान र गणित–विज्ञानको नतिजा प्रकाशन [नामसहित]

हिमाल प्रेस ४ माघ २०८० ११:२९
346
SHARES
यी प्रदेशको निमावि विज्ञान र गणित–विज्ञानको नतिजा प्रकाशन [नामसहित]

काठमाडौँ- शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको अन्तर्वार्ताको नजिता प्रकाशन गरेको छ।

आयोगले बुधबार विज्ञान र गणित–विज्ञानको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको हो।

गत पुस २२ देखि २५ गतेसम्म सञ्चालन भएको बागमती प्रदेशको विज्ञान, गणित–विज्ञान र कोशी प्रदेशको गणित–विज्ञान विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको हो।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्तांकको आधारमा बागमती प्रदेश र कोशी प्रदेशको विज्ञान, गणित–विज्ञान उम्मेदवारहरूलाई स्थायी नियुक्ति सिफारिसका लागि योग्यताक्रम सहितको नतिजा प्रकाशन गरेको छ।

गत पुस २२ र २५ गते लिइएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ।

अन्तर्वार्तामा सफल उम्मेदवारले आफ्नो प्राप्तांक हेर्न चाहेमा नतिजा प्रकाशन भएको मितिले हप्ता दिनभित्र आयोगको वेबसाइटमा गएर हेर्न सक्नेछन्।

नामावली

प्रकाशित: ४ माघ २०८० ११:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =