नेप्से १२.१ अंकले ओरालो, कारोबार भने २८ महिनायताकै उच्च

हिमाल प्रेस ३ माघ २०८० १५:४१
24
SHARES
नेप्से १२.१ अंकले ओरालो, कारोबार भने २८ महिनायताकै उच्च

काठमाडौँ-  बुधबार सेयर बजार नेप्से परिसूचक अंक घटे पनि कारोबार रकममा ठूलो सुधार देखिएको छ। आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार १२ दशमलव १० अंकले घटेर २ हजार १६३ दशमलव ६ अंकमा झरेको छ। आज शेयर बजारमा ९ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको छ। २०७८ भदौ २१ गतेयता ९ अर्ब ८२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको यो सबैभन्दा उच्च कारोबार हो।

आजको कारोबारमा फाइनान्स उप-सूचकाङ्कमा सबैभन्दा बढी ३.५१ प्रतिशतले गिरावट आएको छ भने जलविद्युत उप-सूचकाङ्कमा २.८ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको १.९४ प्रतिशतले गिरावट आएको छ।

आज १८० कम्पनीको सेयर मूल्य घटेको छ भने ६३ वटा कम्पनीको सेयर बढेको छ। त्यस्तै चार वटा स्थिर रहे। चार वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतको सकारात्मक सर्किटमा पुगेको छ भने दुई कम्पनीको शेयरको मूल्य १० प्रतिशतको ऋणात्मक सर्किटमा पुगेको छ।

हिमालयन पुनर्बीमा कम्पनी लिमिटेडको आज सबैभन्दा बढी ६५ करोड ८४ लाख ९० हजार रुपैयाँको सेयर कारोबार भएको छ। बुधबार २ लाख १० हजार ४ सय ७१ कारोबार गरी ३३ करोड ५२ लाख कित्ता सेयर कारोबार भएको छ।

प्रकाशित: ३ माघ २०८० १५:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 15 =