यती ब्रुअरीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल लिमिटेड

हिमाल प्रेस २ माघ २०८० १७:०९
यती ब्रुअरीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल लिमिटेड

काठमाडौँ– यती ब्रुअरी लिमिटेडले बुक बिल्डिङ विधिमार्फत साधारण सेयर निष्कासन गर्नका लागि एनआइएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

उक्त सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा यती ब्रुअरी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक सञ्जीव सर्राफ र एनआइएमबी एस क्यापिटल लिमिटेडका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।

यती ब्रुअरी लिमिटेडको रजिस्टर्ड कार्यालय अटल कम्प्लेक्स उत्तरढोका, लाजिम्पाट, काठमाडौँमा छ। यती ब्रुअरीको फ्याक्ट्री खैरहनी नगरपालिका वडा नं. ४ चितवनमा छ। यती ब्रुअरी लिमिटेडले हाल अर्ना, यती, वाईबी, शिखर, लगायत किंगफिसरजस्ता चर्चित ब्रान्डका बियर बोतल तथा क्यानमा उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ।

उक्त सम्झौताअन्तर्गत एनआइएमबी एस क्यापिटल लिमिटेडद्वारा बुक बिल्डिङ विधिमार्फत यती ब्रुअरी लिमिटेडको साधारण सेयर सार्वजनिक निष्कासन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण कार्यहरुमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको सेवा प्रदान गरिनेछ।

प्रकाशित: २ माघ २०८० १७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 2 =