काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाङ बस दुर्घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
बाँकेको नेपालगञ्जबाट काठमाडौँका लागि छुटेको भे १ ख ३९१२ नम्बरको बस शुक्रवार राति साढे १० बजेतिर दाङको देउखुरीको राप्ति गाउँपालिका १ भालुवाङस्थित राप्ति नदीको पुलबाट खस्दा १२ जनाको मृत्यु भएकोमा देउवाले विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन् ।
दुर्घटनामा परी २२ जना घाइते भएका छन् ।
प्रकाशित: २८ पुष २०८० ११:५३
प्रतिक्रिया