काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध चिसिएर अलग भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि ओलीकै जन्मघर पुगेका छन्।
राजसंस्था र हिन्दू धर्म फर्काउने अभियन्ता दाबी गर्ने प्रसाईं ओलीको जन्मघर पुगेका हुन्।
यसको जानकारी प्रसाईं आफैँले सामाजिक सञ्जालमार्फत् बुधवार दिएका हुन् ।
तेह्रथुमको आठराई गाउँपालिका–४ स्थित इवामा पुगेर प्रसाईंले ओलीकै शैलीमा तस्बिर खिचाएका छन् ।
‘इवा गाउँ- हजुरबुवा केपी ओलीको जन्मघरमा आज,’ भ्यालमा बसेको तस्वीर फेसबूकमा राख्दै उनले लेखेका छन् ।
प्रकाशित: २६ पुष २०८० ७:५७
प्रतिक्रिया