तनहुँको भीमादमा जिप दुर्घटना, ११ घाइते

हिमाल प्रेस २५ पुष २०८० १२:२३
10
SHARES
तनहुँको भीमादमा जिप दुर्घटना, ११ घाइते

पोखरा- तनहुँको भीमादमा जिप दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ।

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप तनहुँको भीमादकोे मिर्छुलुङ डाँडामा मंगलबार बिहान साढे ९ बजे दुर्घटना भएको हो।

तनहुँ प्रहरीका अनुसार घाइतेमध्ये ८ जनाको दुलेगौडास्थित जिपी कोइराला मेमोरियल अस्पताल र बाँकी ३ जनालाई पोखरा पठाइएको छ। घाइतेको पहिचान खुलेको छैन।

विपरीत दिशाबाट आएको बसलाई साइड दिनेक्रममा ग १ ज ७५३४ नम्बरको जीप सडकबाट झन्डै १ सय ५० मिटर तल झरेर दुर्घटना भएको हो। जिपमा चालकसहित १२ जना रहेकोमा चालक प्रहरी नियन्त्रणमा छन्।

प्रकाशित: २५ पुष २०८० १२:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − seven =