दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले किन दिए राजीनामा?

हिमाल प्रेस २४ पुष २०८० १३:४३
54
SHARES
दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले किन दिए राजीनामा?

काठमाडौँ-  नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छन्।

अध्यक्ष खनालले मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर राजीनामा बुझाएका हुन्। खनाल २०७६ साउन ९ गते अध्यक्षमा नियुक्त भएका थिए।

अध्यक्ष खनालमाथि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) र टेरामक्स खरिदमा अनियमितता गरेको आरोप लागेको छ। यी प्रकरणको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अघि बढाउने भएपछि खनाल राजीनामा दिनुपर्ने दबाबमा थिए।

प्रकाशित: २४ पुष २०८० १३:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast