प्राधिकरणले गर्‍यो दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज

हिमाल प्रेस २८ मंसिर २०८० ८:०३
18
SHARES
प्राधिकरणले गर्‍यो दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज

काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक तीनवटा कम्पनीको अनुमतिपत्र खारेज गरेको छ।

प्राधिकरणबाट इन्टरनेटको दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम, म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको अनुमतिपत्र खारेज गरिएको प्राधिकरणले एक सूचनामार्फत जनाएकाे छ।

ती सेवा प्रदायकहरूले अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधिभित्र नवीकरणबापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले अनुमतिपत्र स्वतः खारेज भएको प्राधिकरणले जनाएकाे छ।

प्राधिकरणले ती संस्थाहरूलाई ३० दिनभित्र सम्पर्क गरी नियमानुसार तिर्नुपर्ने रकम तिर्न पनि अनुरोध गरेको छ। अन्यथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने बताएकाे छ।

प्रकाशित: २८ मंसिर २०८० ८:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + one =