नेपालमा पुष्टि भयो कोभिडको सबभेरियन्ट

हिमाल प्रेस २३ पुष २०८० २१:१३
18
SHARES
नेपालमा पुष्टि भयो कोभिडको सबभेरियन्ट

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वका केही देशमा फैलिरहेको कोभिड-१९ सङ्क्रमणको नयाँ सब-भेरियन्ट जेएन वान नेपालमा पहिलोपटक फेला परेको पुष्टि गरेको छ। मन्त्रालयले  आज (सोमबार) विज्ञप्ति जारी गर्दै नयाँ सब-भेरियन्ट जेएन वान फेला परेकाले सतर्क रहन सर्वसाधारणमा अनुरोध गरेको छ।

नयाँ भेरियन्टको सङ्क्रमण फैलन नदिन भीडमा नजान, भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न र साबुनपानीले हात धुन मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित १६ वटा नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको ‘जिन सिक्वेन्सिङ’मा सात वटा नमुनामा ओमिक्रोनको सब-भेरियन्ट जेएन.वान देखिएको बताए।

मन्त्रालयले सङ्क्रमण रोक्न नेपाल–भारत सीमानाकाका प्रवेश विन्दुमा ‘हेल्थ डेस्क’ स्थापना गर्न स्वास्थ्य कार्यालयहरूलाई निर्देशन दिएको छ भने आवश्यक स्क्रिनिङ र निगरानी निरन्तर गर्न आग्रह गरेको छ।

 

प्रकाशित: २३ पुष २०८० २१:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast