राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारी दर्ता

हिमाल प्रेस २३ पुष २०८० ६:५३
2
SHARE
राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारी दर्ता

काठमाडौँ- राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज (सोमबार) उम्मेदवारी दर्ता हुँदैछ।

सातै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि अपराहृन ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि निर्वाचन आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी र कार्य जिम्मेवारी पूरा गरिएको उनले बताए ।

उम्मेदवारीउपर यही पुस २४ गते दाबी विरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुनेछ भने २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

उम्मेदवारलाई निर्वाचन चिहृन भने पुस २८ गते उपलब्ध गराउने कार्यक्रम छ ।

प्रकाशित: २३ पुष २०८० ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + ten =