समाजवादी खस संघ घोषणाको तयारीमा जसपा

हिमाल प्रेस २१ पुष २०८० ७:०१
4
SHARES
समाजवादी खस संघ घोषणाको तयारीमा जसपा

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले खस संघ गठन गर्न लागेको छ।

ललितपुरको बालकुमारीमा भेलाको आयोजना गरी पार्टीको भ्रातृसंगठनको रूपमा समाजवादी खस संघ केन्द्रीय घोषणा गर्न लागेको हो।

पार्टीले उक्त संगठन गठन तयारीका लागि राजनीतिक समिति सदस्यहरु दीपक कार्की, प्रेम थापा, पूर्ण बस्नेत र केन्द्रीय सदस्य अर्जुन लम्साललाई जिम्मेवारी तोकेको थियो। पार्टीमा यस अघि यस खाले संगठन बनाइएको थिएन।

सातै प्रदेशका प्रतिनिधि दिउँसो १ः३० बजे भेला हुने उक्त कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव, कार्यकारिणी सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठलगायतका नेताहरु उपस्थित रहने छन्।

प्रकाशित: २१ पुष २०८० ७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − ten =