राष्ट्रिय पुरुष भलिबल : लुम्बिनी, कोशी र एपीएफको विजयी सुरूवात

हिमाल प्रेस २० पुष २०८० १९:३९
राष्ट्रिय पुरुष भलिबल : लुम्बिनी, कोशी र एपीएफको विजयी सुरूवात

सुर्खेत- लुम्बिनी प्रदेश, विभागीय टोली एपीएफ र कोशी प्रदेशले सुर्खेतको वीरेन्द्रनगरमा जारी राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन्। लुम्बिनीले बागमती प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै पहिलो खेलबाटै तीन अंक जोडेको छ।

लुम्बिनीले पहिलो सेट २५-२०, दोस्रो २५-१३ र तेस्रो सेट २५-११ ले जित्न सफल भएको हो।

यसै गरी राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेको विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्बलले कोशी प्रदेशलाई ३-० को सोझो सेटमा हराएको हो। एपीएफले पहिलो सेट २५-२१, दोस्रो २५-१६ र तेस्रो सेट २५-१७ ले जित निकालेको हो । यस्तै मधेश प्रदेशले सुदरपश्चिम प्रदेशलाई ३-२ को सेटमा हराउँदै विजयी सुरुवात गरेको छ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएको छ।

समूह ए मा विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफका साथै लुम्बिनी, कोशी र बागमती प्रदेश छन्। यस्तै समूह बी मा कर्णाली, सुदूरपश्चिम, गण्डकी र मधेश प्रदेशका साथै विभागीय टोली नेपाल आर्मी क्लब छन्। नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगिता पुस २६ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: २० पुष २०८० १९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =