त्रिविको उपकुलपतिका लागि आवेदन माग, शैक्षिक योग्यता कति?

हिमाल प्रेस २० पुष २०८० ८:३४
338
SHARES
त्रिविको उपकुलपतिका लागि आवेदन माग, शैक्षिक योग्यता कति?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति छनोट गर्ने प्रयोजनका लागि आवेदन आह्वान गरिएको छ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज एक सार्वजनिक सूचना प्रकाशन गर्दै आवेदन आह्वान गरेको हो।

सूचनाअनुसार त्रिवि उपकुलपतिका लागि आवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा दिन सकिने छ। आवेदनका लागि १० दिनको समयावधि दिइएको छ।

उम्मेदवार नेपाली नागरिक हुनुपर्ने छ। नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तित विवरण, स्नातकोत्तर र विद्यावारिधि तहको शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि,प्राध्यापकको सुरु नियुक्तिपत्रका प्रमाणित प्रतिलिपि, विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको बेहाेरा खुलेको विवरण तथा प्रमाणित प्रतिलिपि बुझाउनुपर्ने सूचनामा भनिएको छ।

बढीमा तीन हजार शब्द रहेको विश्वविद्यालयसम्बन्धी सोचपत्र र बढीमा पाँच शब्द रहेको चारबर्से व्यावसायिक कार्ययोजना पनि बुझाउन सूचनामा भनिएको छ।

यस्ताे छ सूचना

प्रकाशित: २० पुष २०८० ८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =