राष्ट्रियसभाको भागबन्डा मिलाउन गठबन्धनको बैठक बस्दै

हिमाल प्रेस १९ पुष २०८० ७:०४
14
SHARES
राष्ट्रियसभाको भागबन्डा मिलाउन गठबन्धनको बैठक बस्दै

काठमाडौँ- राष्ट्रियसभा निर्वाचनमा भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दैछ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे गठबन्धनको बैठक बस्न लागेको हो।

बुधबार दिउँसो सत्ता गठबन्धनका प्रमुख चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको बैठक बसेको थियो।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभा निर्वाचनमा प्रमुख प्रतिपक्ष नेकपा एमालेलेलाई पनि समेटेर जाने प्रस्ताव गरेका थिए।

प्रकाशित: १९ पुष २०८० ७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + three =