
काठमाडौँ- कोभिड-१९ को नयाँ सब भेरियन्ट हालसम्म नेपालमा पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले ओमिक्रोनको जेएन १ जिन सिक्वेन्सिङ प्रविधिबाट परीक्षण गर्दा पुष्टि नभएको जनाएको हो।
छिमेकी देशहरूमा जेएन. १ को संक्रमण फैलिरहेकाले आवश्यक निगरानी र सम्बन्धित देशहरूसँग समन्वय गरिरहेको मन्त्रालयको भनाइ छ। साथै मन्त्रालयले भीडभाड हुने स्थानहरू मेला, भोज, पार्टी आदिमा मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न र हातको सरसफाइमा ध्यान दिन आग्रह गरेको छ।
प्रकाशित: १७ पुष २०८० २१:१७
प्रतिक्रिया