पाउनुपर्ने ग्रेड नपाएपछि सर्वोच्च पुगे नेपाल प्रहरीका वरिष्ठ सईहरू

हिमाल प्रेस १७ पुष २०८० १३:५३
4.7k
SHARES
पाउनुपर्ने ग्रेड नपाएपछि सर्वोच्च पुगे नेपाल प्रहरीका वरिष्ठ सईहरू

काठमाडौँ- नेपाल प्रहरीका वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई)हरू पाउनुपर्ने सेवा सुविधा नपाएको भन्दै सर्वोच्च अदालत पुगेका छन्। उनीहरूले पदमा बढुवा भए पनि ग्रेड वृद्धिको रकम नपाएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका हुन्। मुद्दा दायर गर्नेमा बहालवाला वरिष्ठ सई र वरिष्ठ सईबाट अवकाशमा गएकाहरू छन्।

उनीहरूले मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालयका सचिव, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी किताबखाना र निवृत्तिभरण व्यवस्थापन कार्यालयलाई विपक्षी बनाएर मुद्दा दायर गरेका हुन्।

अवकाश प्राप्त सुफतमान राई, राम करन गुप्ता, सुरेश कुमार राई र ओमप्रकाश शाक्यसहितले यसअघि नै रिट दायर गरेका थिए। उनीहरूको रिटमा सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले कारण देखाऊ आदेश जारी गरेको छ।

त्यस्तै १४ जना बहालवाला वरिष्ठ सईले दायर गरेको रिटमा भने आज मंगलबार सुनुवाइ हुँदैछ। वरिष्ठ सईले अहिले पाउँदै आएको तलबमा ८ ग्रेड तप सेवा सुविधा पाउनुपर्ने हो। तर उनीहरूले २ ग्रेडमात्रै पाउँदै आएको बताएका छन्। एक दिनको तलब बराबर १ ग्रेड हुन्छ।

तर उनीहरूले थप ३ ग्रेडको रकम पाउनुपर्ने हो। पूर्व वरिष्ठ सईहरूले बहालमा रहँदा पाउनुपर्ने तर, नपाएको रकम पाउन माग गरेका हुन्। बहालवाला प्रनानीको तलब स्केल अहिले ३५ हजार ६५० छ। तर उनीहरूले पनि पाउनुपर्ने ग्रेडको रकम पाएका छैनन्।

अवकाश प्राप्त सईहरुले प्रतिमहिना २६२ रुपैयाँको दरले थप ग्रेड रकम भुक्तानी दिनुपर्ने माग गरेका हुन्। अवकाशमा गएकाहरूले ग्रेड रकम मिलान गरेर निवृत्तिभरण दिन माग गरेका छन्। उनीहरूले उपचार खर्च र बिदाको रकम पनि पाउन माग गरेका छन्।

प्रकाशित: १७ पुष २०८० १३:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − nine =