महासमिति बैठकले पार्टीको १५औं महाधिवेशन मिति तोक्नुपर्छ : शेखर कोइराला

हिमाल प्रेस १६ पुष २०८० १७:१३
304
SHARES
महासमिति बैठकले पार्टीको १५औं महाधिवेशन मिति तोक्नुपर्छ : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले महासमितिको बैठकबाट १५औं महाधिवेशनको मिति तोकिनुपर्ने बताएका छन्। कांग्रेस अहिलेकै अवस्थामा अगाडि बढ्न नसक्ने बताउँदै कोइरालाले बलियो कांग्रेस बनाउन र पार्टीलाई परानै अवस्थामा पुर्‍याउन समयमै १५औं महाधिवेशन गरिनुपर्ने बताएका हुन्। अब कुनै पनि निर्वाचनमा कसैसँग गठबन्धन नगरिने पनि उनको भनाइ छ।

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा प्रजातन्त्र सेनानी संघले काठमाडौमा आयोजना गरेको बागमती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै कोइरालाले प्रधानमन्त्रीको रिपोर्ट कार्ड जनताले हेर्न चाहेको बताएका छन्।

‘अहिले प्रधानमन्त्रीले मन्त्रीहरुको रिपोर्ट कार्ड मागिरहनु भएको छ। तर म प्रधानमन्त्रीकै रिपोर्ट कार्ड मागिरहेको छु’ कोइरालाले भने। ‘प्रधानमन्त्रीले यो कार्यकालमा के के गर्नुभयो ? भुटानी शरणार्थी काण्ड कहाँ पुग्यो ? ललिता निवासको मुद्दा कहाँ पुग्यो ? सुनकाण्ड कहाँ पुग्यो ?’ कोइरालाले प्रश्न गरे।

सरकारले जनभावना अनुरुप काम गर्न नसकेको भन्दै कोइरालाले सुशासन कायम गरेर समृद्धिको बाटोमा लैजान, भ्रष्टाचार निर्मुल गर्न, रोजगारीको अवसर सिर्जना गर्न र जनतामा आशा जगाउँन कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताए।

प्रकाशित: १६ पुष २०८० १७:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =