काठमाडौंँ- नेपाल राष्ट्र बैंकले ३ वाणिज्य बैंक र २ विकास बैंकलाई कारबाही गरेको छ। भने एक फाइनान्स कम्पनीलाई समेत बैंक कारवाही गरेको जनाएको छ।
प्रभु, ग्लोबल आइएमई र हिमालयन बैंकका साथै मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र रिलाइन्स फानाइन्सलाई राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले कारबाही गरेको हो।
बैंकले सुपरिभिजन विभागले स्थलगत सुपरिभिजनका क्रममा नियमविपरित काम गरेको भेटेपछि कारबाही गरेको हो।
नियम उल्लंघन गरेको भन्दै ती बैंक र फानाइन्सलाई कारवाही गरेको बैंक प्रवक्ता गुणराज भट्टले जानकारी दिएका छन्।
राष्ट्र बैंकले ग्लोबल आइएमई बैंकलाई नियमविपरीत प्रिमियम दर बढाएर ग्राहकहरुबाट ब्याज असुल गरेको रकम सम्बन्धित ग्राहकको खातामा फिर्ता नगरेको भन्दै कारबाही गरेको हो।
प्रभु बैंकले एकीकृत निर्देशन, २०७९ को निर्देशन बमोजिम कर्जा सापटको वर्गीकरण नगरेको तथा कर्जा नोक्सानी वापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, सोही एकीकृत निर्देशनको निर्देशनको व्यवस्था विपरीत प्रिमियम दर वृद्घि गरी व्याज असुलउपर गरेको र पुँजी पर्याप्तता गणना गर्दा विभिन्न कर्जाहरुमा क्यापिटल एड्युकेसी फ्रेमवर्क २०१५ को व्यवस्थाविपरीत कर्जाको जोखिमभार कम प्रदान गरी गलत रिपोर्टिङका कारबाहीमा परेको हो।
यस्तै, हिमालयन बैंकले पुँजी पर्याप्तता अनुपात (क्याापिटल एड्युकेसी रेसियो) गणना गर्दा राष्ट्र बैंकको निर्देशन पालना नगरी प्राथमिक पुँजीबाट घटाउनुपर्ने रकम नघटाई तथा जोखिमभारित सम्पत्ति न्युन कायम गरी पुँजी पर्याप्तता अनुपात वास्तविक भन्दा अधिक रिपोर्टिङ गरेको पाइएको छ। यस विषयमा कारबाही गरिएको बैंकले जनाएको छ।
यस्तै, मुक्तिनाथ विकास बैंकले एकीकृत निर्देशन बमोजिम वास्तविक धनी पहिचान गर्ने संयन्त्रको स्थापना नभएको तथा सोही निर्देशनको बमोजिम निरन्तर अनुगमन गर्नुपर्ने निर्देशन उल्लंघन गरकाले मुक्तिनाथ विकास बैंकलाई १० लाख रुपैयाँ नगद जरिवाना गराएको राष्ट्र बैंकले जनाएको छ।
रिलाइन्स फाइनान्सले रिलायन्स फाइनान्सका सञ्चालक कुशप्रसाद मल्ली तथा अन्य व्यक्तिहरुको संयुक्त खाता र निजको व्यक्तिगत खातामा निजको व्यवसायिक कारोबारहरु भएको, खाताको सीडीडी नियमितरूपमा अद्यावधिक समेत नभएकोले संस्थाको संस्थागत र सञ्चालकको आचरण कार्यान्वयनको अवस्था समेत कमजोर भएको कारवाही गरिएको बैंकले जनाएको छ।


                                             
                                             
                                             
                                             
                                             
                                             

