१२ गतेदेखि तीनदिने बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी

हिमाल प्रेस ९ माघ २०८० १४:५७ | Tuesday, January 23, 2024
१२ गतेदेखि तीनदिने बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी

काठमाडौँ– मिडिया स्पेस सोलुसन प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड प्रालि तथा ईटीएसआईपीएलले संयुक्त रूपमा कृषि सम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौँ नेपाल एग्रिटेक’ आयोजना गर्ने भएका छन्। कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले माघ १२, १३ र १४ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना प्रदर्शनी गर्न लागिएको हो।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषिसम्बन्धी कम्पनीका सयभन्दा बढी स्टल रहनेछन्। प्रदर्शनी सफल बनाउन प्रवर्धकको भूमिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि साझेदारको भूमिकामा मुक्तिनाथ कृषि कम्पनी तथा सहयोगी संस्थाको भूमिकामा नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय किसान समूह महासंघ, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि रहेका छन्।

प्रदर्शनीमा कृषिका विभिन्न विधा जस्तै– कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसी पालन, डेरीलगायत कृषिका नवीनतम औजार, उपकरण, केराखेती, थोपा सिँचाइ, विषादीरहित कृषिबारेमा जानकारी प्राप्त गर्न सकिनेछ। प्रदर्शनीमा देशभरिबाट बढीभन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी, संघसंस्थाका प्रतिनिधिलगायत आमकिसानले आधुनिक प्रविधिहरूको अनुशरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने विश्वास लिइएको छ।

साथै प्रदर्शनीमा किसानका समस्यालाई समाधान गर्ने उद्देश्यले कृषिका विभिन्न विषयमा स्वदेशी विज्ञहरूद्वारा सेमिनार आयोजना हुनेछ। किसानलाई कृषि प्रबिधि, कृषिका विभिन्न विधाका बारेमा जानकारी गराउने कार्यक्रमसमेत रहेको आयोजकले जनाएको छ। प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था छ।

प्रकाशित: ९ माघ २०८० १४:५७ | Tuesday, January 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast