स्वास्थ्यमन्त्री नै भन्छन् : पाँच वर्षपछि नेपालमा चिकित्सक पाउनै कठिन हुन्छ

हिमाल प्रेस १५ माघ २०८० १६:५० | Monday, January 29, 2024
स्वास्थ्यमन्त्री नै भन्छन् : पाँच वर्षपछि नेपालमा चिकित्सक पाउनै कठिन हुन्छ

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नै अबको पाँच वर्षपछि नेपालमा चिकित्सक पाउन कठिन हुने दाबी गरेका छन्। आज सोमबार सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन्।

‘मैले सर्सती हेर्दा अब ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन। यसमा हाम्रो शिक्षा नीतिका केही कमी, कमजोरीका कुरा पक्कै हुन्,’ उनले भने, ‘ती कमजोरी हटाएर आगामी दिनमा स्वास्थ्यकर्मीहरू बढाउन जरुरी छ।’

उनले पारिश्रमिक, परिवारको शिक्षालगायतको कारणले पनि स्वास्थ्यकर्मी पलायन भइरहेको बताए। उनले भने, ‘एकथरि सेवासुविधा कमजोर भएर पलायन हुने अवस्था छ। एकथरी काम गरेर बस्दा पनि आफ्ना बालबच्चाहरु राम्रा स्कुलमा पढ्न नसक्ने, राम्रो शिक्षा पाउन नसक्ने, घर व्यवहार हाम्रो चल्न नसक्ने एउटा अवस्था। अर्को कामै नपाउने अवस्था छ।’

उनले जनसंख्या बढिरहेको सन्दर्भमा स्वास्थ्यकर्मीहरु पनि बढ्दै जान आवश्यक रहेको बताए।

प्रकाशित: १५ माघ २०८० १६:५० | Monday, January 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast