सशस्त्र प्रहरी निरीक्षक सुसान्त थापालाई कारबाही गर्न स्पष्टीकरण माग

हिमाल प्रेस १६ माघ २०८० ८:१२ | Tuesday, January 30, 2024
सशस्त्र प्रहरी निरीक्षक सुसान्त थापालाई कारबाही गर्न स्पष्टीकरण माग

काठमाडौँ- लामो समयदेखि जानकारी बिना नै गैर हाजिर रहेका सशस्त्र प्रहरी निरीक्षक सुशान्त थापालाई सशस्त्र प्रहरी बलले कारबाही गर्ने भएको छ।

गैरहाजिर रहेको जानकारी दिँदा समेत वेवास्ता गरेकाले थापालाई सेवाबाट हटाउने सूचना जारी भएको छ।

सूचना जारी गर्दै भनिएको छ,‘अनुसूची ७ बमोजिम म्याद सूचना टाँस गर्दा समेत कुनै प्रकारको सम्पर्कमा नआएको हुँदा निज सशस्त्र प्रहरी निरीक्षक उपर सशस्त्र प्रहरी नियमावली, २०७२ को परिच्छेद १३ को नियम ११३ को उपनियम (१) को खण्ड (ज) अनुसारको कसूरमा ऐ नियमावलीको नियम ११० को खण्ड (ख) को (१) बमोजिम सशस्त्र प्रहरी सेवाबाट हटाउन आवश्यक कारबाहीको लागि सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको चनं २३४६, मिति २०८०र०९र२४ को पत्रमार्फत अनुरोध भई आएको छ।’

थापाले बाटोको म्याद बाहेक सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र कार्यालयमा गैरहाजिर रहनु पर्ने मनासिव कारण सहित सफाई पेस गर्न अनुरोध गर्दा समेत वेवास्ता गरेको जनाइएको छ।

प्रकाशित: १६ माघ २०८० ८:१२ | Tuesday, January 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast