रुसी सेनामा कार्यरत प्युठानका सोमेश सुनारको मृत्यु

हिमाल प्रेस २६ पुष २०८० १८:१३ | Thursday, January 11, 2024
रुसी सेनामा कार्यरत प्युठानका सोमेश सुनारको मृत्यु रुसी सेना। फाइल तस्बिर

काठमाडौँ- रुसी सेनामा कार्यरत अर्का एक नेपाली युवकको पनि ज्यान गएको छ। प्युठान नगरपालिका–४ काठेवर निवासी सोमेश सुनारको रुस-युक्रेन युद्धमा ज्यान गएको हो। प्युठान नगरपालिकाका प्रमुख विष्णुबहादुर योगीका अनुसार केही महिनाअघि मात्रै रुस गएका सुनारको मृत्यु भएको हो।

‘दुई तीन महिना अघिमात्रै उहाँ उता रुसी सेनामा जानु भएको रहेछ,’ उनले हिमालप्रेससँग भने, ‘हामी आज उहाँको घर जान भ्याएनौँ। भोलि बिहान घरमै पुगेपछि अरू धेरै कुरा थाहा हुन्छ। कहिले निधन भएको भन्ने केही थाहा छैन। आज खबर आयो।’ उनका अनुसार सुनार रोजगारीका लागि कतारमा रहेको त उतैबाट रुस गएका थिए।

रुसी सेनामा भर्ना भएर युक्रेनसँगको लडाइँमा ज्यान गुमाउने नेपालीको संख्या १२ पुगेको छ।

रुसी सेनामा भर्ती भएका नेपालीले कति पाउँछन् तलबसुविधा?

प्रकाशित: २६ पुष २०८० १८:१३ | Thursday, January 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast