काठमाडौँ- राष्ट्रियसभा उम्मेदवारको भागबन्डाका विषयमा छलफल गर्न नेपाली कांग्रेसका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रतिनिधिसभाका प्रमुख सचेतक रमेश लेखक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफलका लागि बालुवाटार पुगेका हुन्।
आउँदो माघ ११ मा राष्ट्रियसभा चुनाव हुँदैछ। सत्ता गठबन्धन एक भएर चुनाव लड्ने सहमति भए पनि कुन पार्टीले कति पाउने/लिने भन्नेमा विवाद छ। यसैबारे छलफल गर्न कांग्रेस नेताहरू बालुवाटार पुगेका हुन्।
                            प्रकाशित: १७ पुष  २०८० ११:२२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 