यी हुन् त्रिवि उपकुलपतिका ४३ आकांक्षी

हिमाल प्रेस ९ माघ २०८० ७:२१ | Tuesday, January 23, 2024
यी हुन् त्रिवि उपकुलपतिका ४३ आकांक्षी घडी भवन, त्रिवि कीर्तिपुर।

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा उपकुलपति नियुक्तिका लागि पूर्वपदाधिकारीले नै आकांक्षा राखेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्रिविको उपकुलपतिका लागि दरखास्त दिने अन्तिम मिति सोमबारसम्म ४३ जनाले आवेदन दिएका छन्।

उपकुलपतिमा दरखास्त दिनेहरूमा विश्वविद्यालयका हालका निमित्त उपकुलपति प्राडा शिवलाल भुसाल, त्रिविका पूर्वउपकुलपति प्राडा तीर्थ खनियाँ, नेपाल खुला विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा केशरजंग बराल, त्रिविका पूर्वरजिस्टार प्राडा चन्द्रमणि पौडेल, त्रिविकै पूर्वशिक्षाध्यक्ष गुणनिधि न्यौपाने, त्रिविका मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्राडा कुसुम शाक्यले पनि दरखास्त दिएका छन्।

त्यस्तै मध्यपश्चिम विश्वविद्यालयका हालका उपकुलपति प्राडा नन्दबहादुर सिंह, नेपाल खुला विश्वविद्यालयमा निमित्त उपकुलपतिको जिम्मेवारीसमेत सम्हालेका प्राडा इन्द्र कार्की, त्रिविका इतिहास विभागका पूर्वप्रमुख प्राडा राजकुमार पोख्रेलले पनि उपकुलपतिका लागि दरखास्त दिएका छन्।

संगीता रायमाझी, सञ्जय आचार्य, प्राडा टंकनाथ धमला, प्राडा आनन्दवल्लभ जोशी, प्राडा अक्कलदेव मिश्र, प्राडा ऋदिशकुमार पोखरेल, नारायणप्रसाद पाठक, प्राडा ज्ञानेन्द्रप्रसाद पौडेल, डा विनयकुमार झा, डा शुभनारायण पाठक, प्राडा महानन्द चालिसे, सूर्यबहादुर थापा, प्राडा भोजराज अर्याललगायतले पनि दरखास्त दिएको मन्त्रालयले जनाएको छ।

दरखास्त दिने अन्यमा भीमसेन देवकोटा, प्राडा वेदनाथ शर्मा, प्राडा नारायणप्रसाद बेल्बासे, प्राडा हेमराज शर्मा, प्राडा प्रकाश घिमिरे (काठमाडौँ), प्राडा प्रकाश घिमिरे (गोरखा), डा रामचन्द्र बस्नेत, प्राडा केदारनाथ घिमिरे, प्राडा महेन्द्रप्रसाद शर्मा, प्राडा विनोद पराजुली, प्राडा देवबहादुर खड्का, प्राडा कृष्णराज तिवारी, प्राडा गोविन्द सुवेदी, प्राडा नवराज देवकोटा, बालमुकुन्द रेग्मी, प्राडा रामप्रसाद रेग्मी, प्राडा चित्रबहादुर बुढाथोकी, प्राडा त्रिरत्न बज्राचार्य, प्राडा एकराज ओझा र प्राडा प्रमोदकुमार झा छन् ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले गत पुस २३ गते १५ दिनको म्याद राखेर दरखास्त आह्वान गरेको थियो । उपकुलपतिका लागि समितिले पहिलो पटक गत पुस २० गते दरखास्त आह्वान गरेको थियो ।

प्रकाशित: ९ माघ २०८० ७:२१ | Tuesday, January 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast