काठमाडौँ- नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार तेजाबी सुनको मूल्य भने १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी आज चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ३०० सय र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।
चाँदी सोमबार प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो।
                            प्रकाशित: १६ माघ  २०८० १२:५० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

