काठमाडौँ– मुगुमा भाइरल ज्वरोले बिरामी परेकाहरूको उपचारका लागि डाक्टरसहित टोली पठाउन नेविसंघले सरकारसँग माग गरेको छ।
मुगुको सोरू गाउँपालिकामा भाइरल ज्वरोका कारण ३ जनाको मृत्यु भइसकेको र कयौं बिरामी रहेको भन्दै नेविसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर चिकित्सक टोली पठाउन आग्रह गरेको हो।
भाइरल ज्वरो देखिएका क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको टोली पठाउन स्वास्थ्य मन्त्रीलाई ध्यानाकर्षण गराइएको नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले बताए।
मन्त्री बस्नेतले २४ घन्टाभित्र प्रभावित क्षेत्रमा औषधि र चिकित्सक टोली पठाउने प्रतिबद्धता जनाएका छन्।
प्रकाशित: १२ माघ २०८० १६:०९ | Friday, January 26, 2024
प्रतिक्रिया





