भोजपुरमा स्वास्थ्य शिविर : १८ सय बढीको उपचार

हिमाल प्रेस २५ पुष २०८० २१:०० | Wednesday, January 10, 2024
भोजपुरमा स्वास्थ्य शिविर : १८ सय बढीको उपचार एआईको सहायतामा बनाइएको तस्बिर।

टक्सार (भोजपुर)-  दुर्गम भेगका नागरिकलाई उनीहरूको घरदैलोमा नै स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले भोजपुरको दक्षिणमा रहेका दुई पालिकामा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजको सहयोगमा जिल्लाको हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटार र आमचोक गाउँपालिकाको केन्द्र बालङ्खामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

स्वास्थ्य शिविरमा एक हजार आठ सयभन्दा बढी लाभान्वित भएका शिविर संयोजक जनक घलेले बताए। शिविरमा ६७० जना महिला र ३९२ जना पुरुषले विशेषज्ञ सेवा लिएका थिए।

त्यसै गरी आमचोक गाउँपालिकामा भएको शिविरमा एक हजार ६२ जना नागरिकले सेवा लिएका संयोजक सन्तोष कोइरालाले जानकारी दिए।

शिविरमा २३ जना चिकित्सकसहितको टोलीले जनरल मेडिसिन तथा मुटु रोग, प्रसूति तथा स्त्रीरोग, बालरोग, शल्यक्रिया, हाडजोर्नी तथा नसा रोगलगायत विभिन्न १३ वटा रोगको उपचार सेवा प्रदान गरिएको थियो।

प्रकाशित: २५ पुष २०८० २१:०० | Wednesday, January 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast