बागमती प्रदेश प्रधानमन्त्री कप क्रिकेटकाे शीर्षस्थानमा

हिमाल प्रेस ८ माघ २०८० १५:५२ | Monday, January 22, 2024
बागमती प्रदेश प्रधानमन्त्री कप क्रिकेटकाे शीर्षस्थानमा

काठमाडौँ– कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गर्दै बागमती प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्षस्थानमा उक्लिएको छ।

कर्णालीले प्रस्तुत गरेको ७९ रनको समान्य लक्ष्य बागमतीले १३ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। बागमतीका लागि इशान पाण्डेले सर्वाधिक ४० रन जोडे। त्यस्तै रविन जोशीले अविजित १६ रन बनाए।

आशुतोष घिरैयालाई नौ रन जोड्दा रित गौतमले आठ बनाए। कर्णालीका लागि तीनै विकेट दिवान पुनले लिए। यस जितसँग बागमतीले छ खेलमा चारमा जित तथा दुई हारसहित आठ अंक जोडेको छ।

बागमतीले यसअघि मधेश प्रदेश, त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशलाई हराएको थियो। त्यस्तै नेपाल पुलिस क्लब र एपीएफसँग भने बागमती पराजित भएको थियो।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले २४ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटिएको थियो। कर्णालीका लागि अर्जुन घर्तीले २३ र निश्चल रावलले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बागमतीका लागि रिजन ढकालले पाँच विकेट लिए भने इशान पाण्डेले दुई तथा प्रतिश जिसी, सूर्य तामाङ र विपिन आचार्यले समान एकरएक विकेट लिए। यस हारसँगै कर्णाली पाँच खेलमा दुई जित र तीन हारसहित चार अंक जोड्दै अंक तालिकाको सातौँमा छ।

प्रकाशित: ८ माघ २०८० १५:५२ | Monday, January 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast